Madhes Khabar
राजनीति

न्यायाधीशलाई ‘झोले’ भनेपछि पूर्वमन्त्री प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौं,२०माघःरौतहट जिल्ला अदालतटका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ भनेपछि आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले तीन साताअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ हुन् भनेर लेखेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साहविरुद्ध गत शुक्रबार मुद्दा दर्ता भएको हो । साहले गत २९ पुसमा रौतहट जिल्ला अदालतका न्यायाधीशहरूप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवम् अस्तव्यस्त भयो’, फेसबुकमा उनले लेखेका थिए, ‘बेइमान एवम् अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।’

त्यही प्रकरणमा साहविरुद्ध मुद्दा परेको हो । साहले अदालतको अपमान गरेको भन्दै रौतहटकै बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।यो मुद्दामा आइतबार न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ । यो मुद्दाको सुनुवाइ सकेर न्यायाधीश रेग्मीले आइतबार नै आदेश दिन सक्नेछन् ।

महासचिव साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लागेको छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भइसकेको छ। अदालतको आदेश नआउँदै महासचिव साहले आफूलाई अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताएका छन् ।साभारः खबरहब

Related posts

`समुदायमा कांग्रेस´ अभियान :बिन्दवासिनीमा अन्तरकृया कार्यक्रम सम्पन्न

MadhesKhabar

पर्सा-३ बाट कांग्रेसद्वारा पूर्वमन्त्री चाैधरी र क्षेत्रीसहित ५ जनाकाे नाम सिफारिस

MadhesKhabar

कांग्रेसले गरेका राम्रा कामको सन्देश जनतामा पुर्‍याउन पार्टी चुक्यो : उपसभापति खड्का

MadhesKhabar

Leave a Comment