Madhes Khabar
राजनीति

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : केपी ओली

काठमाडौं,६मंसिरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा एमालेको उपत्यकास्तरीय जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।

उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।साभारःअनलाइनखबर

Related posts

पर्साका सिंहासन सा कलवारसहित ५ सांसदकाे पद चैट

MadhesKhabar

आईटी आर्मीकाे तेस्राे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम

MadhesKhabar

बारा ४ मा श्रेष्ठ र सोनललाई जिताउन काँग्रेस उपसभापति पाल खुलेर लागे

MadhesKhabar

Leave a Comment