Madhes Khabar
राजनीति

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : केपी ओली

काठमाडौं,६मंसिरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा एमालेको उपत्यकास्तरीय जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।

उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।साभारःअनलाइनखबर

Related posts

पर्सामा राप्रपाको संगठन विभाग विस्तार, सचिवमा झा र प्रवक्तामा गुप्ता चयन

MadhesKhabar

पर्सागढीमा रास्वपाको नगर पार्टी कार्यालय स्थापना, पर्सा–२ का उम्मेदवार कानुले गरे उद्घाटन

MadhesKhabar

कांग्रेसकाे रुपान्तरणका लागि विशेष महाधिवेशनकाे पक्षमा बारामा पनि हस्ताक्षर अभियान सुरु

MadhesKhabar

Leave a Comment