बागलुङ,२८भदौं : बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, त्यहि गाउँपालिकाको वडा नम्बर– २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाकी आमा गोपिमाया बुढा रहेका छन्।
दु्र्घटनामा घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।
शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।साभार : अन्नपूर्णपोष्ट

