Madhes Khabar
स्थानिय

वीरगन्जको अलाैंमा ट्यांकरले ठक्कर दिएकाे युवककाे उपचारका क्रममा मृत्युु

वीरगन्ज,२७ भदौं : वीरगन्ज–१७ अलौंस्थित एकिकृत भन्सार जाँच चौकी )आइसीपी) चोकमा बिहीबार अपरान्ह ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालककाे उपचारका क्रममा मृत्यु भएको छ ।

आईसीपी चोकमा बिहीबार अपरान्ह ३.३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका थिए ।वीरगन्जको गण्कस्थित बयाेधा मेडिसिटी हस्पिटलमा उपचारकाे क्रममा बिहीबार राति मृत्युु भएकाे पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।दुर्घटनालगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियाे ।त्यसपछि बयाेधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहकाे उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यसैबिच ट्याक्टरका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशीत स्थानीयबासीले अलौं चोकमा बिहीबार अपरान्ह टायर बालेर सडक अवरुद्ध गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको थियाे ।सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको थियाे ।झडपमा प्रहरीको लाठी चार्जबाट अलौंका स्थानीय मोहित साह घाइते भएका थिए ।

त्यसको समचार संकलन गर्न गएका प्लस वान टेलिभिजनका सञ्चारकर्मीद्वय आशिक अन्सारी र सन्तोष पटेलसंग प्रहरीले दुव्र्यवहारपनि गरेको थियाे ।घटनास्थल र प्रदर्शनको भिडियो खिच्दै रिपोर्टीङ गरिरहेका प्रहरीले आँफुहरुमाथि हातपात गर्दै क्यामेरा खोस्ने प्रयासपनि गरेको अन्सारीले बताए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत आँँफैले क्यामेरा खोस्ने प्रयास गरेर दुव्र्यवहार गरेको अन्सारीको आरोप छ ।

Related posts

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

MadhesKhabar

सडकमा जथाभावी फोहोर फाल्नेहरूबाट वीरगन्ज महानगरले उठायो साढे २१ लाख जरिवाना

MadhesKhabar

भारतबाट तस्करी गरी ल्याइएको एक ट्याक्टर गहुँ तिलावे पुलबाट बरामद

MadhesKhabar

Leave a Comment