Madhes Khabar
मधेस प्रदेश

चोरीशिकारमा संलग्न पूर्वडीआइजी शाहसहित १० जना सप्तरीमा पक्राउ

तस्बिर : ईकान्तिपुरबाट

राजविराज,१३भदौंःजंगली जनावरको चोरीशिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुइ वर्टा, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एउटा, फलामको हथौडा एउटा र खुर्पा एउटा बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए । साभार : ईकान्तिपुरबाट

 

Related posts

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा फेरि दाेहाेरिने राउतकाे दाउ

MadhesKhabar

मधेस सरकारबाट बाहिरियाे जनमत पार्टी

MadhesKhabar

नक्कली नोट बनाउने मेशिनसहित ८ जना सर्लाहीमा पक्राउ

MadhesKhabar

Leave a Comment