Madhes Khabar
मधेस प्रदेश

रौतहटमा टाटा सुमो र मोटरसाइकल ठोक्किदाँ २ जनाको मृत्यु

सांकेतिक तस्बिर ।

वीरगन्ज,१० भदौं  :पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रौतहटको धन्सर पुलमा टाटासुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्ने तुलसी ओझा र मोरंगको सुन्दरहरैचा नगरपालिका–११का विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले बताए ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकैकोे लच्कामा  पश्चिमबाट पुर्वतर्फ जाँँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमोले प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवाार दुवै जनाको घटनास्थलमै मृत्यु भएकाो राइले बताए ।टाटा सुमो इलाका प्रहरी चन्द्रिनिगाहपुरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् ।

 

Related posts

वीरगन्जका १६ मध्ये १० वटा वडामा नयाँ अनुहार , ६ जना भने पुरानै दोहोरिए

MadhesKhabar

जग्गाको विवाद हुँदा रौतहटमा एक जनाको मृत्यु

MadhesKhabar

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

MadhesKhabar

Leave a Comment