
वीरगन्ज,१० भदौं :पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रौतहटको धन्सर पुलमा टाटासुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्ने तुलसी ओझा र मोरंगको सुन्दरहरैचा नगरपालिका–११का विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले बताए ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकैकोे लच्कामा पश्चिमबाट पुर्वतर्फ जाँँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमोले प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवाार दुवै जनाको घटनास्थलमै मृत्यु भएकाो राइले बताए ।टाटा सुमो इलाका प्रहरी चन्द्रिनिगाहपुरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् ।

