Madhes Khabar
मधेस प्रदेश

मोटरसाइकल दुर्घटनामा पूर्व वडाध्यक्ष यादवको मृत्यु

सांकेतिक तस्बिर ।

मलङ्गवा,८भदौं :सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको मोटरसाइकल दुर्घटनामा पूर्व वडाध्यक्ष अरविन्दकुमार यादवको मृत्यु भएको छ । शुक्रबारराति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा कविलासी नगरपालिका–४ हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा घाइतते यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

नेकपा एमाले जिल्ला कमिटीका सदस्यसमेत रहेका यादव २०७९ को निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए।

Related posts

मलंगवा अझै भएन शान्त, आज मात्रै ३२ राउण्ड अश्रुग्यास प्रहार

MadhesKhabar

सर्लाहीमा गाेली हानेर श्रीमतीको हत्या

MadhesKhabar

गल्ती स्वीकारेपछि रिहा भए चिकित्सक अरुण झा

MadhesKhabar

Leave a Comment