Madhes Khabar
मधेस प्रदेश

गल्ती स्वीकारेपछि रिहा भए चिकित्सक अरुण झा

जनकपुरधाम,११असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक अरुण झा रिहा बिहीबार रिहा भएका छन् ।

गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई बिहीबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

झाले फेसबुकमा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको प्रहरी नायब उपरीक्षक अवाको भनाइ छ ।पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् ।साभार : अनलाइनखबरबाट

Related posts

नेकपा एसको ठूलो हिस्सा एमालेमा फर्किदै छ : उपाध्यक्ष पाण्डे

MadhesKhabar

रक्सीले मातेका प्रहरीले सडकमै ताण्डव देखाउदै सवारी चेक गर्न थालेपछि

MadhesKhabar

मधेस सरकारले स्वास्थ्य सामग्री खरिदमा ५२ कराेड भ्रष्टाचार गरेकाे खुलासा

MadhesKhabar

Leave a Comment