Madhes Khabar
मधेस प्रदेश

लालबन्दीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिदाँ दुई जनाकाे मृत्यु

वीरगन्ज ,७बैशाख: सर्लाहीको लालबन्दीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिदा माेटरसाईकलमा सवार दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

बिहीबार पश्चिमबाट पूर्वतर्फ गईरहेकाे ना. ३३ प ७५१३ नम्बरकाे माेटरसाईकललाई प्र. २-०३-००१ख ८१५ नम्बरकाे ट्रकले लालबन्दी नगरपालिका स्थित राजमार्गकाे कालिञ्जाेर खाेला नजिक ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएकाे छ ।

ट्रककाे ठक्करबाट माेटरसाईकल चालक र त्यसमा सवार गरि दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार ट्रकलाई माेटरसाईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएकाे हाे ।

Related posts

बर्दिबासमा माेटरसाइकल दुर्घटना हुदाँ श्रीमान्-श्रीमतीको मृत्युु

MadhesKhabar

रौतहटमा अत्याधिक गर्मीले रोडमै ढलेका एक पुरुषको मृत्यु

MadhesKhabar

इजरायलमा मारिएका धनुषाका साहकाे परिवारलाई मधेस सरकारले ५ लाख दिने

MadhesKhabar

Leave a Comment