Madhes Khabar
मधेस प्रदेश

एमालेले बुथ कब्जा गरे पछि बाराको चार स्थानमा मतदान स्थगीत

फाइल फोटो

मधेसखबर
वीरगन्ज, ३० बैशाख :
बाराको पचरौता नगरपालिकामा चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगीत गरिएको छ ।
पचरौता नगरपालिका वडा नम्बर–२ र ४ को चार वटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगीत गरिउको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरुले बुथ नै कब्जा गरेर मत खसाले पछि निर्वाचन अधिकृतको कार्यालयले चार वटै मतदान केन्द्रको मतदान रद्द गरेको हो ।
पचरौता नगरपालिकाको वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीर बहादुर दाहालले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर–४ स्थित बेलदारी प्रावी मतदान केन्द्र क र ख को मतदान पनि रद्द गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
शुक्रबार रद्द भएका चार वटै मतदान केन्द्रको अब मतदान हुने मिती चाँडै तोकिने निर्वाचन अधिकृत दाहालले बताए ।
ती चार वटै मतदान केन्द्रमा एमालेका उम्मेदवार र कार्यकर्ताहरुले मतदान अधिकृतलाई हातपात गर्दै मतदान केन्द्र नियन्त्रणमा लिएर मत खसाए पछी विवाद भएर झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास पनि चलाएको थियो ।

Related posts

नागरिकता विधेयक पारित गरेर छाड्छौं : उपेन्द्र यादव

MadhesKhabar

प्रदेश सभा सदस्य एंव जसपा नेतृ यादवको निधन

MadhesKhabar

राजनीतिक खिचातानी र बजेटको भागबण्डाले कालिकामाई गाउँपालिकाको गाउँसभा अझै अनिश्चित

MadhesKhabar

Leave a Comment