Madhes Khabar
मधेस प्रदेश

एमालेले बुथ कब्जा गरे पछि बाराको चार स्थानमा मतदान स्थगीत

फाइल फोटो

मधेसखबर
वीरगन्ज, ३० बैशाख :
बाराको पचरौता नगरपालिकामा चारवटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगीत गरिएको छ ।
पचरौता नगरपालिका वडा नम्बर–२ र ४ को चार वटा मतदान केन्द्रको मतदान रद्द गरि स्थगीत गरिउको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरुले बुथ नै कब्जा गरेर मत खसाले पछि निर्वाचन अधिकृतको कार्यालयले चार वटै मतदान केन्द्रको मतदान रद्द गरेको हो ।
पचरौता नगरपालिकाको वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीर बहादुर दाहालले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर–४ स्थित बेलदारी प्रावी मतदान केन्द्र क र ख को मतदान पनि रद्द गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
शुक्रबार रद्द भएका चार वटै मतदान केन्द्रको अब मतदान हुने मिती चाँडै तोकिने निर्वाचन अधिकृत दाहालले बताए ।
ती चार वटै मतदान केन्द्रमा एमालेका उम्मेदवार र कार्यकर्ताहरुले मतदान अधिकृतलाई हातपात गर्दै मतदान केन्द्र नियन्त्रणमा लिएर मत खसाए पछी विवाद भएर झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास पनि चलाएको थियो ।

Related posts

सप्तरी २ : सिके राउतको फराकिलो जित ,उपेन्द्र यादवको लज्जास्पद हार

MadhesKhabar

रौतहटको बिनटोलमा आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट

MadhesKhabar

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुदै, पर्साका रमेश कुर्मी वनमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment