Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा प्रहरीको दाँत झार्ने वडाध्यक्ष पक्राउ

पक्राउ परेका वडाध्यक्ष।

सर्लाही,२२असोज:प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी)सरोज राईले बताए ।

वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुङ्गामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिको दुई वटा दाँत भाँचिएको डिएसपी राईले बताए ।उनका अनुसार प्रहरी चौकीमा कार्यरत अन्य पाँच जना कर्मचारीसमेत घाइते भएका छन् ।

प्रहरी चौकीमा ढुङ्गामुढा र बाँसको भाठा प्रहार हुँदा तीन वटा मोटरसाइकलमा पन, क्षति पुगेको प्रहरीले दाबी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७ मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा गएर आक्रमण गरेको आरोप लागेको छ ।

कारिल यादवलाई कुटपीट गर्ने ठेकेदारसमेत रहेका अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रहरीले वडाध्यक्ष विनेशकुमार दासलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी राईले बताए ।

वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ । गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूवाग्रह राखेर पक्राउ गरिएको बताए ।साभार:गाेरखापत्र

Related posts

आगलागीले बस्ती नै सखाप भएको मटिहानीका पिडितहरुका लागि राहत सामग्री जुट्दै

MadhesKhabar

एमाले सांसद काेइरीलाई पक्राउ गर्न गृह मन्त्रालयकाे निर्देशन

MadhesKhabar

मधेसवादका प्रनेता गजेन्द्र नारायण सिंहको पुण्य तिथीमा श्रद्धान्जलीसभा र वृक्षारोपण

MadhesKhabar

Leave a Comment