
राजविराज, १० असार : मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालमा मधेस प्रदेश सबैभन्दा गरिब प्रदेश रहेको बताएका छन् ।
आइतबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आठौं गाउँसभाको उदघाटन गर्दै उनले साधन स्रोतको अभावका कारण मधेस प्रदेशका जनता संकटमा रहेको भन्दै समस्याको चाङका बीच प्रदेश सरकारले काम गरिरहेको बताए ।
उनले मधेस प्रदेशका जनताको स्रोत आफ्नो विवेक र मेहनत मात्र रहेकोले त्यसको सदुपयोग गर्दे सुन्दर भविष्य निर्धारणमा लाग्नुपने बताए ।
कृषिमा विद्युतीकरणसहित सिँचाइको प्रवन्ध मिलाएर कृषि क्षेत्रलाई आधुनिकीकरणको लागि प्रदेश सरकार अगाडि बढेको उनले बताए ।मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित गाउँसभा उद्घाटन समारोहमा प्रदेश सांसद सतिषकुमार सिंह लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरे ।साभार : इकान्तिपुर

