Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेश सबैभन्दा गरिब प्रदेश : कार्यवाहक मुख्यमन्त्री यादव

राजविराज, १० असार : मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालमा मधेस प्रदेश सबैभन्दा गरिब प्रदेश रहेको बताएका छन् ।

आइतबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आठौं गाउँसभाको उदघाटन गर्दै उनले साधन स्रोतको अभावका कारण मधेस प्रदेशका जनता संकटमा रहेको भन्दै समस्याको चाङका बीच प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले मधेस प्रदेशका जनताको स्रोत आफ्नो विवेक र मेहनत मात्र रहेकोले त्यसको सदुपयोग गर्दे सुन्दर भविष्य निर्धारणमा लाग्नुपने बताए ।

कृषिमा विद्युतीकरणसहित सिँचाइको प्रवन्ध मिलाएर कृषि क्षेत्रलाई आधुनिकीकरणको लागि प्रदेश सरकार अगाडि बढेको उनले बताए ।मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित गाउँसभा उद्घाटन समारोहमा प्रदेश सांसद सतिषकुमार सिंह लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरे ।साभार : इकान्तिपुर

Related posts

लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

MadhesKhabar

सर्लाहीमा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदा एक जनाकाे मृत्युु

MadhesKhabar

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

MadhesKhabar

Leave a Comment