Madhes Khabar
मधेस प्रदेश

प्रेस युनियन रौतहटकाे जिल्ला भेला सम्पन्न, अक्षयकोष स्थापना

राैतहट,२९पुष:नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।

शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर –६ स्थित जिपी उद्यान पार्कमा प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन बिभिन्न एजेण्डाहरुको बिषयमा छलफलसंगै युनियनका सम्पुर्ण सदस्यहरुलाई ट्रयाक सुट वितरणपनि गरिएको नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीले जानकारी दिए।

युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व.पिता लाल बहादुर पुरिको नाममा एक लाख ११ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापन गर्ने घोषण गरे ।

भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरि,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सञ्जय कार्की,सस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी,प्रेस युनियन मधेस प्रदेश लेखा समिति संयोजक रञ्जन खरेल,वरिष्ठ पत्रकार प्रभात झा,नेपाल प्रेस युनियनका सचिव सागर हुमागाई लगायत युनियनका सदस्यहरुको सहभागिता रहेको थियो ।

Related posts

मधेस सरकारले १ हजार ८१ सहिद परिवारकाे स्वास्थ्य बिमा गर्ने

MadhesKhabar

वर्षौदेखि अनागरिकको पिडा भोगेका इन्द्रजितका चारै दाजुभाइले पाए नागरिकता

MadhesKhabar

मधेस सरकारको नयाँ अभ्यास : मुख्यमन्त्री सिंहले मन्त्रीहरुसंग गरे कार्यसम्पादन सम्झौता

MadhesKhabar

Leave a Comment