Madhes Khabar
खेलकुद

साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं,२भदौ :नेपालले साफ यु-२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

 

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुग्नेछ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागि छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनलमा पुग्नेछन् ।

Related posts

टी-२० विश्वकप क्रिकेट: आज भारतले आयरल्याण्डसंग खेल्दै

MadhesKhabar

नेपाल र भारतबिचकाे खेल हेर्न वीरगन्जका विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द

MadhesKhabar

ब्राजिलकाे सानदार जितमा नेयमारकाे उत्कृष्ट प्रदर्शन

MadhesKhabar

Leave a Comment