Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको सुक्खा बन्दरगाह नाकाबाट एक वर्षमा भित्रियो १० अर्ब ४३ करोडको कोइला

वीरगन्ज,३१साउनःवीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ४३ करोड रुपैयाँ बढीको कोइला आयात भएको छ ।

गत वर्षदेखि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा नेपाली आयातकर्ताको कोइला लगायतका डस्टी कार्गो लोडअनलोडमा रोक लागेपछि सिर्सिया सुक्खा बन्दरगाह हुँदै कोइला बोकेको रेल्वे ¥याक भित्रिने क्रम बढेको हो ।

सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा यो नाका हुँदै १० अर्ब ४३ करोड ८७ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको ६५ करोड ९२ लाख किलो कोइला भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा २१ लाख ३२ हजार रुपैयाँ बराबरको १९ हजार ६ सय ९५ किलो मात्र कोइला भित्रिएको थियो ।

गत आर्थिक वर्षमा यो नाका हुँदै भित्रिएका बस्तुमा राजश्वमा योगदान गर्ने मुख्य १० बस्तुमा कोइला पनि परेको छ । कोइला यो सूचीमा सातौँ नम्बरमा परेको छ । गत आर्थिक वर्षमा कोइलाले मात्रै ९९ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा कोइलाले जम्मा ३ लाख ९७ हजार रुपैयाँ मात्र राजश्व दिएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सुशील प्रसाद शर्माका अनुसार कोइला आयात गर्दा भन्सार शुल्क ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । यो नाकाबाट कोइलाको आयात ह्वात्तै बढ्नुमा सीमा पारी भारतीय रेल्वे स्टेशनमा कोइला अनलोड गर्न नपाइने नियम लागु भएकै कारण रहेको शर्मा बताउँछन् ।

तुलनात्मक रुपमा मालबाहक ट्रक भन्दा रेलबाट ढुवानी सस्तो र सहज हुन्छ । एक रेल्वे ¥याकमा ५५ बेगन हुन्छ । समग्रमा एक रेल्वे ¥याकले ३ हजार ५ सय मेटन कोइला बोक्ने गर्छ ।

गत वर्षको ३० सेप्टेम्बर यता रक्सौल रेल्वे स्टेशनमा डस्टी कार्गो लोडअनलोड पूर्ण रुपले बन्द छ । सन् २०१९ मा भारतको पटना हाइकोर्टले दिएको आदेशको अनुपालन नभएको भन्दै स्थानीयले पुनः पटना हाइकोर्टमा उजुरी दिएपछि पटना हाइकोर्टले पुनः यस्तो आदेश दिएको थियो ।साभारःकान्तिपुर

Related posts

सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्छु : वन मन्त्री यादव

MadhesKhabar

दिनदिनै सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ

MadhesKhabar

मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोलपनि आयात हुँदै

MadhesKhabar

Leave a Comment