Madhes Khabar
स्थानिय

वीरगन्जको आदर्शनगर रंगशालामा खेल्न गएका बेला एक बालककाे मृत्युु

सांकेतिक फोटो ।

वीरगन्ज,८साउन:वीरगन्जको आदर्शनगर रंगशालामा खेल्ने क्रममा फुटबल गाेलपाेष्टकाे फलामे पाेल खसेर लाग्दा एक बालकको मृत्यु भएको छ ।

मृत्युु हुनेमा बाराको बारागढी गाउँपालिकाकाे खोपवामा स्थायी घर भई हाल वीरगन्ज-१६ नगवामा बस्दै आएका १२ वर्षीय उज्वल चौधरी रहेका छन् ।

उज्वल वीरगन्जको मुनलाईट माद्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी बरिस्ठ नायब निरीक्षक सुरेन्द्र टेरका अनुसार, साेमबार साँझ आदर्शनगर रंगशालामा खेल्न गएको बेला गाेलपाेष्टकाे फलामे पाेल लडेर उज्वलकाे जीउमा परेकाे र उनकाे मृत्यु भएको हो ।

उज्वलकाे शव मंगलबार नारायणी अस्पतालमा पाेष्टमार्टम गरेपछि परिवारजनले बुझेर लगेकाे टेरले जानकारी दिए।घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

वीरगन्जसहित मधेसमा देखिएको खानेपानीको संकट चाडै समाधान गछौँ : मन्त्री यादव

MadhesKhabar

पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

MadhesKhabar

सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

MadhesKhabar

Leave a Comment