Madhes Khabar
राजनीति

जनतामा भरोसा जाग्ने गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौं, ८ साउन : खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छछन् ।

काठमाडौँस्थित नेपाल खानेपानी संस्थानमा मंगलबार पुगेर मन्त्री यादवले संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिए। उनले भने,“जनतामा निराशा छाएको छ, जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।”

उनले विश्वमा नेपाल जलश्रोतको धनी देश भए पनि यहाँका नागरिकले शुद्ध खानेपानी खानका लागि संघर्ष समिति गठन गर्नु पर्ने बाध्यता रहेको बताउँदै जनतामा नेतृत्व प्रति चरम निराशा छाएको उल्लेख गरे ।मन्त्री यादवले भने, “जलश्रोतको धनी देश, पर्याप्त वन जङ्गल, तराई, पहाड र हिमाल भएको देशमा पानीका लागि सङ्घर्ष समिति गठन गर्नु पर्ने अवस्था छ । आन्दोलन गर्नु पर्ने ? यो कहाँ सम्मको पीडा होला, जनतालाई निराशामा नराखौँ, सबै मिलेर निराशालाई आशामा परिणत गरौँ ।”

मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयहरूको वर्तमान अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम, र कार्यान्वयनका क्रममा आएका चुनौतीहरूको जानकारीपनि लिदैं ती चुनौतीहरूलाई समाधान गर्न मन्त्रालयबाट हुने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धतापनि व्यक्त गरे।

मन्त्री यादवले मंगलबार नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरे। भ्रमणका क्रममा उनले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजनाहरू, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीहरूको बारेमा विस्तृत जानकारी लिए।

Related posts

सर्वदलीय बैठकको निष्कर्ष: तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

MadhesKhabar

कांग्रेसको भातृ संघ समन्वय समितिकाे सदस्यमा पर्साबाट तीन जना मनाेनित

MadhesKhabar

बारा २ मा पनि बैशाख १० मै उपनिर्वाचन

MadhesKhabar

Leave a Comment