Madhes Khabar
राजनीति

शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपा फुट्ने संघारमा !

काठमाडौं,३साउनःशरतसिंह भण्डारीलाई संघीय सरकारमा मन्त्री बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फुट्ने संघारमा पुगेको । पार्टीका वरिष्ठ नेता भण्डारीलाई मन्त्री बनाएपछि लोसपाभित्रको विवाद उत्कर्षमा पुग्दै पार्टी नै फुट्ने संघारमा पुगेको हो ।

भण्डारीलाई मन्त्री बनाएपछि पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असहमति जनाउँदै विद्रोह गरेका छन् । उनले पार्टी विभाजन गर्नेगरी आक्रोश पोख्दै आएका छन् । उनी पार्टीका नेताहरूसँग छलफलमा समेत जुटेका छन् । पार्टीमै रहने कि अलग हुने भन्ने विषयमा नेताहरूसँग छलफल गरिरहेको उनले बताए ।

सहअध्यक्ष शुक्लाले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु । त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने बताए । प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ । त्यसपछि लुम्बिनी र मधेस प्रदेशका पार्टीका नेताहरूसँग छलफल गरेर निर्णय लिने शुक्लाले बताए ।

यस्तै शुक्ला निकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने सबै प्रक्रिया लगभग पुरा भएको बताए । उनले नेता तथा कार्यकर्ताको सुझाव पनि त्यस्तै आउने बताए ।साभारः रातोपाटीबाट

Related posts

तीन मन्त्रीको सपथ साँझ ५ बजे

MadhesKhabar

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि जेष्ठ ३० गते निर्वााचन हुने

MadhesKhabar

ठाेरीकाे रास्वपा सभापतिमा माधब बस्नेत

MadhesKhabar

Leave a Comment