Madhes Khabar
राजनीति

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि जेष्ठ ३० गते निर्वााचन हुने

काठमाडौ,९जेष्ठः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन जेष्ठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो ।

कार्यतालिकाअनुसार जेष्ठ २८ गते दिउँसो १ बजे मतदाताको नामावली प्रकाशित, जेष्ठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतले जेष्ठ २९ गतेकै दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसैदिन अपरान्ह ४ बजेसम्म सोउपर निर्णय गरिने जानकारी दिए । उनका अनुसार जेष्ठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकैपटक हुने जसपा नेपालले जनाएको छ।साभार : अनलाइनखबर

Related posts

पटेर्वासुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

महागढीमाई मन्दिरमा दर्शन गर्दै बारा – ३ मा रास्वपाका उम्मेदवार साहले सुरु गरे चुनावी अभियान

MadhesKhabar

गाैर हत्याकाण्डका दाेषीहरुलाई कारबाहीको माग गर्दै पर्सामा पनि बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment