Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा पनि मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व धुमधामका साथ मनाउँदै

वीरगन्ज,२साउनःवीरगन्जमापनि मुस्लिम धर्मावलम्बीले बुधबार मोहर्रम पर्व धुमधामकासाथ मनाइरहेका छन् । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइन्छ । यस पर्वमा वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिन्छ ।

हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिएका थिए । यिनै सहिदहरूको सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ ।

ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ ।

हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रंगीचंगी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको वीरगन्ज–८ गहवाका रसुल अन्सारीले बताए ।

Related posts

वीरगन्जमा सात दिने संगीतमय भागवत कथा तथा ज्ञान यज्ञ हुदैं

MadhesKhabar

छठ पर्बको उपलक्ष्यमा वीरगन्ज कारागारका महिला कैदी बन्दीहरुलाई नयाँ साडी वितरण

MadhesKhabar

वीरगन्जमा पनि धुमधामका साथ मनाइयो २५६८ औं बुद्ध जयन्ति

MadhesKhabar

Leave a Comment