वीरगन्ज,१२पुष: वीरगन्जमा यही पुष १४ गतेदेखि सात दिने संगीतमय श्रीमद् भागवत कथा तथा ज्ञान यज्ञ सञ्चालन हुने भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्ह चौकस्थित लक्ष्मी प्याराडाइज होटल एण्ड लजमा यही पुष १४ गते शनिबारदेखि ज्ञान यज्ञ हुने भएको हो । बिहिवार होटलमै पत्रकार सम्मेलनको आयोजना गरेर यज्ञ हुने बारे आयोजकले जानकारी गराएको छ ।
साथै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि ५ दिने ध्यान कक्षा समेत सञ्चालन गरिने आयोजकको भनाई छ । १४ गते शनिबार बिहान ९ बजे कलश यात्रा र त्यही दिन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म प्रबचन हुने आयोजक समितिका सचिव सुरेश शर्माले जानकारी दिए ।
यज्ञमा छिमेकी मुलुक भारतका कथा व्यास प्रभु चरण अनुरागी नित तिवारीले सात दिनसम्म प्रबचन दिने शर्माले बताए ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मदन प्रसाद यादव, अखिलेश गुप्ता, बृजेश साह, नितेश अग्रवाल, बिकाश शर्मा, बिशाल बेरिवाल, गोपाल प्रसाद गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

