Madhes Khabar
राजनीति

महामन्त्री ढकालको प्रस्ताव– रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं

काठमाडौं,१९असारः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले केन्द्रीय कार्यालय बालाजुमा जारी छ । बैठकमा रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ। त्यसमाथि अहिले छलफल भइरहेको छ ।

तर, पार्टी सभापति रवि लामिछानेले बैठकमा आफ्नो लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति नदिएको महामन्त्री ढकालले बताएका थिए । पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो (मंगलबार)सचिवालयको बैठकमा अनुमति दिएपनि आज सभापतिले रोकेको आरोप लगाएका थिए । तर, प्रतिवेदनमाथि छलफल सकिएपछि यो प्रस्तामाथि छलफल हुने जनाइएको छ ।

उनले आफ्नो प्रतिवेदन सार्वजनिक गर्न र बैठक लाइभ गर्नुपर्ने माग राख्दै आज कालो टेप मुखमा बाँधेर पुगेका थिए । सभापतिले रोकेको भनिएको प्रस्तावमा सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रस्तावमा भनिएको छ, ‘गुप्तबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौँ भन्नुहुन्छ भने पनि म तयार छु । तर, त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने , के नगर्ने ? यसको विधि के ? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बसौं । पार्टीका लागि एक पटक घोत्लिएर सँगै बसौं । सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं ।’

बौद्धिक नागरिक समाजको सहयोग खुलेर नै लिएर पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने भनेका छन् ।प्रस्तावमा उल्लेख छ, ‘आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’

Related posts

पोखरीयामा एमालेमा पुनर्मिलन कार्यक्रम, प्रहल्लाद गिरीसहित नेताहरू पार्टीमा फर्किए

MadhesKhabar

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने

MadhesKhabar

Leave a Comment