Madhes Khabar
स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँछौं : स्वास्थ्यमन्त्री यादव

काठमाडौं,१६ असार:असारःस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका छन् ।

मन्त्री यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगतिका साथै कामका दौरानमा आउने चुनौतीहरूको बारेमा जानकारी लिएका हुन् । महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्री यादवलाई जानकारी गराए।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिए। यसबारेमा मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको बताउँदै महाशाखा र मातहतका शाखाहरूलाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए।साथै, उनले डेंगी नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशनपनि दिए ।

“महाशाखाका चुनौतीहरूको समाधान गर्दै, जनस्वास्थ्यको सुधारमा महत्वपूर्ण कदम चाल्न हामी सबै प्रतिबद्ध छौँ,” मन्त्री यादवले भने, “हामीले बजेट र जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछौँ ।”

छलफलमा मन्त्रालयका सचिव हरि प्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता मिश्रलगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिहरूकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

पुर्ण खोप सुनिश्चितता विषयक अद्यावधिक गोष्ठी सम्पन्न

MadhesKhabar

’बुस्टर डोज’ का लागि थप खोप नेपाल आइपुग्यो

MadhesKhabar

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment