Madhes Khabar
स्वास्थ्य हेडलाइन

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

वीरगन्ज,६मंसिर:सरकारले पर्साकाे पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेकाे छ।बिहीबार बसेकाे संघीय सरकारकाे मन्त्रीपरिषद बैठकले पाेखरिया अस्पताललाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए।
पाेखरिया अस्पताल हाल १५ शैयामा सञ्चालनमा रहेकाे छ।पाेखरिया अस्पतालकाे स्तराेन्नती गर्न माग गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले अस्पतालमै असाेजमा ११ दिनसम्म धर्ना दिएको थियाे।
बिहीबार मन्त्रीपरिषद बैठकले पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्ने निर्णय गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले वर्षौँदेखिको प्रयास र जनताको माग सार्थक गराउन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका छन् । स्तरोन्नतिको निर्णयले  पोखरिया अस्पतालले पोखरियाका लागि मात्र नभएर, मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने  विश्वास लिएको उनले बताए  ।
यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लागेका पोखरिया नगरबासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलप्रति आभार प्रकट गर्दै मन्त्री गुप्ताले मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि धन्यवाद दिएका छन् ।
यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रममा पाेखरिया अस्पताललाई प्रादेशीक अस्पतालका रुपमा स्तराेन्नत्ती गर्ने याेजना समावेश गरेको भएपनि उक्त निर्णय प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको थिएन।

Related posts

पर्सा-२ : कांग्रेसबाट सांसदका लागि पुराना दुई नेतालाई चुनौती दिदैं युवा नेता यादवपनि मैदानमा

MadhesKhabar

वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह

MadhesKhabar

बर्षौदेखि बन्द रहेको ठोरी छोटी भन्सार थप सेवासहित आजदेखि फेरि सञ्चालनमा आयो

MadhesKhabar

Leave a Comment