Madhes Khabar
स्वास्थ्य

’बुस्टर डोज’ का लागि थप खोप नेपाल आइपुग्यो

काठमाडौं,८फागुन : कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप सोमवार नेपाल आइपुगेको छ ।

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्स मार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट सोमबार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार सोमबार तीन लाख ४५ हजार ६ सय डोज खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार ६ सय डोज खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ’बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख डोज खोप उपलब्ध गराउनेछ ।

सोमबार खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय डोज खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार २ डोज खोप आउन बाँकी छ । त्यो खोप फागुन ११ र १५ गते ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

Related posts

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न मुख्यमन्त्री सिंहले जनाए प्रतिबद्धता

MadhesKhabar

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही

MadhesKhabar

जनप्रतिधिनीहरुको असहयोगका कारण पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन

MadhesKhabar

Leave a Comment