Madhes Khabar
स्वास्थ्य

’बुस्टर डोज’ का लागि थप खोप नेपाल आइपुग्यो

काठमाडौं,८फागुन : कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप सोमवार नेपाल आइपुगेको छ ।

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्स मार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट सोमबार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार सोमबार तीन लाख ४५ हजार ६ सय डोज खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार ६ सय डोज खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ’बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख डोज खोप उपलब्ध गराउनेछ ।

सोमबार खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय डोज खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार २ डोज खोप आउन बाँकी छ । त्यो खोप फागुन ११ र १५ गते ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

Related posts

महिला स्वंयसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

MadhesKhabar

पटेर्वासुगौलीमा कुष्ठ रोगका दुइ जना बिरामी भेटिए

MadhesKhabar

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment