Madhes Khabar
स्वास्थ्य

पटेर्वासुगौलीमा कुष्ठ रोगका दुइ जना बिरामी भेटिए

मधेसखबर
वीरगन्ज,२९जेठ : पर्साको पटेर्वासुगौली गाउँपालिकामा कुष्ठ रोगका दुइ जना बिरामी भेटिएका छन् । गाँउपालिकाको स्वास्थ्य शाखाले पालिकामा कुष्ठरोगीहरुको पहिचान अभियाान सन्चालन गरेकोमा दुइ जनामा कुष्ठरोगको संंक्रमण फेला परेको हो ।
गाउँपालिको वडा नम्बर १ देखी वडा नम्बर ५ सम्मको टोल टोलमा शनिवार देखि खटिएका स्वास्थ्यकर्मीहरुले कुष्ठरोगीको खोजी गरेर पहिचान गरिरहेका छन् । त्यसक्रममा पालिकाघरमा दुइ जना मात्र कुष्ठरोगी फेला परेको सोनवर्षा स्वास्थ्य चौकीका ईन्चार्ज सन्तोष चौधरीले जानकारी दिए । कुष्ठरोगीहरुले रोग भएपनि समाजमा अपहेलीत हुने डरले बताउन नचाहेको गरेको पाइएको पनि उनले बताए ।
सबै वडाबाट रिपोर्ट आईसके पछी भेटिएका विरामीहरुलाई कुष्ठरोग विशेषज्ञ बोलाएर चेकजाच र उपचार गराइने गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पटेर्वा सुगौली गाँउपालिकामा चालु आर्थिक.वर्षमा कुष्ठरोगका ६ जना विरामी रहेको स्वास्थ शाखाका सिनियर अहेव जगन्नाथ साहले जानकारी दिए ।

Related posts

नेशनल मेडिकल कलेजद्वारा प्रदेश प्रहरी कार्यालयलाई कम्प्युटर सहयोग

MadhesKhabar

वीरगन्ज जेसिजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

MadhesKhabar

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : अबको एक वर्षमा नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्छ

MadhesKhabar

Leave a Comment