Madhes Khabar
स्वास्थ्य

बालबालिकाका लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम वीरगन्जमा सम्पन्न

वीरगन्ज,१४असारःवीरगन्ज महानगरका बालबालिका र किशोरकिशोरीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गरिएको छ ।युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले शुुक्रबार आयोजना गरेको कार्यक्रममा वीरगन्ज महानगरका विभिन्न वडाका १० देखि १९ बर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरीहरु गरी ४० जना भन्दा बढीको सहभागीता थियो ।

कार्यक्रममा सहभागी बालबालिका र किशोरकिशोरीहरुलाई घरपरिवार, विद्यालय र समाजबाट हुने तनावबाट कसरी मुक्त हुने, सामाजिक सञ्जालको सदुपयोग कसरी गर्ने , आँफुलाई कुनै मानसिक तनाव भएमा त्यसबारे आफना अभिभावक र दौंतरीहरुसंंग कसरी साझा गर्ने, मानसिक तनावबाट कसरी मुक्त हुने लगायतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत अनिशकान्त कुशवाहाले बालबालिका र किशोरकिशोरीको उमेर नै अपरिपक्व हुने भएकाले तनाव वा आवेशमा आएर गलत कदम उठाउन सक्ने जोखिम भएकाले आँफुलाई कुनै मानसिक तनाव भइहाले आफना अभिभावकसंग वा त्यो सम्भव नभए आफना दौंतरीसंग साझा गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य महाशाखाकै अधिकृत सुनिल कुर्मीले कार्यक्रममा सहभागी बालबालिका र किशोरकिशोरीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्दापनि कहिलेकाँही मानसिक तनाव हुनसक्ने भएकाले सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुपर्ने सुझाव दिए ।

स्वास्थ्य महाशाखाका अधिकृत कुशवाहाले यहि असार महिनाभित्रै वीरगन्ज महाानगरपालिकाले बालबालिका र किशोरकिशोरीहरुलाई लक्षित गरेर मानसिक स्वास्थ्य सम्बन्धि शिविर सञ्चालन गर्ने जानकारी गराए । उक्त शिविरमा शुक्रबारको कार्यक्रममा सहभागी बालबालिका र किशोरकिशाोरीहरुका साथै मनोपरामर्शदाताले बालबालिका र किशोरकिशोरीहरुलाई परामर्श दिने कुशवाहाले बताए ।

स्वास्थ्य महाशाखाका अध्यक्ष अनिल यादवको अध्यक्षतामा भएको शुुक्रबारको कार्यक्रममा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुर, सिनियर अनमि इन्दिरा लाेहनी,महाशाखाका कर्मचारी, सञ्चारकर्मी लगायतकोपनि सहभागीता थियो ।

Related posts

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न मुख्यमन्त्री सिंहले जनाए प्रतिबद्धता

MadhesKhabar

महुवन स्वास्थ्य चौकीमा वीरगन्जको भन्दा सस्तो शुल्कमा एक्स–रे सेवा उपलब्ध

MadhesKhabar

Leave a Comment