वीरगन्ज,६असार:नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीको जिल्ला कार्य समितिकाे बैठकमा आफुले दिएको अभिव्यक्तिले कुनै समुदाय वा जाति विशेषकाे आत्मसम्मानमा चाेट पुगेकाे भए त्यसका लागि क्षमा मागेका छन्।
गत जेष्ठ १९ गते वीरगन्जमा बसेकाे जिल्ला कार्यसमितिको बैठकमा आफ्नाे अभिव्यक्ति कुनै जाति वा समुदाय विशेषकाे आत्मसम्मानमा चाेट पुग्ने नियतले नभएकाे भन्दै प्रदेशसभा सदस्यसमेत रहेका क्षेत्रीले यदि त्यसबाट कुनै जाति वा समुदायकाे आत्मसम्मानमा चाेट पुगेको भए त्यसका लागि क्षमा मागेका हुन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस जिल्ला सभापति क्षेत्रीले भनेका छन् -कांग्रेस सदैव नेपाली समाजका विभिन्न भाषा, धर्म, जात, लिंग, समुदाय र भूगोलका वासिन्दाको सम्मान, स्वतन्त्रता र सहभागिताका लागि लड्दै आइरहेको पार्टि हो । संघीयता र समावेशीताका लागि आत्मसात गरेको वर्तमानको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा आएको सवैमा सर्वविदितै छ ।म पनि नेपाली कांग्रेसको सिपाहीको नाताले उच्च लोकतान्त्रीक परम्परा अनुसार सवै वर्ग, समुदाय प्रति उच्च सम्मान र सदभाव राख्दै आएको व्याक्ती हुँ । मुलुकभित्रका सम्पुर्ण वर्ग समुदायको अधिकार, पहिचान एवम् सम्मान प्राप्तीका लागि नेपाली कांग्रेसद्वारा विभिन्न कालखण्डमा भएको आन्दोलन र संघर्षका क्रममा म जेल जीवन सहित सक्रिय भूमिका निर्वाह गर्दै आएको एक लोकतान्त्रीक सिपाही हुँ।


