Madhes Khabar
अर्थतन्‍त्र

घट्याे पेट्रोल र डिजेलकाे मूल्य

काठमाडौं,१असार:पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो।

यससँगै अब पेट्रोलकाे मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ।

Related posts

गृहमन्त्रीसंग मधेस र लुम्बिनीका सांसदहरुको आग्रह : दैनिक उपभोग्य सामानमा भन्सार छुट गर्नुपर्छ

MadhesKhabar

कलैयाको यातायात कार्यालयद्वारा ८ करोड २१ लाख राजस्व संकलन

MadhesKhabar

वीरगन्जका खुद्रा व्यपारीका समस्या समाधानका लागि पहल गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment