Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जका खुद्रा व्यपारीका समस्या समाधानका लागि पहल गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वीरगन्ज,१६बैशाखःवीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज बजारका खुद्रा व्यपारी र व्यवसायीहरुलाई बोलाएर उनिहरुका व्यपारिक समस्याबारे छलफल गरेको छ ।

संघकै सभाहलमा मंगलबार संघ अन्तर्गतको खुद्रा व्यवसाय समितिको आयोजनामा भएको छलफलमा वीरगन्जका खुद्रा व्यपारी र व्यवसायीहरुका विद्यमान समस्या, बजार अनुगमनका नाममा सरकारी निकायले दिने गरेको दुःख,करका नाममा राज्यका तर्फबाट थोपारिएका समस्या,नयाँ व्यवसाय दर्ता प्रकृयामा सरकारको झन्झटीलो प्रकृयाबाट भएको हैरानी , उनिहरुको व्यवसायिक सुरक्षा लगायतका बारेमा संघका पदाधिकारी र सदस्यहरुले जानकारी लिए ।

छलफलमा खुद्रा व्यपारी र व्यवसायीहरुले आफ्ना समस्याहरु विस्तृत रुपमा राखेको र ती समस्याहरु लिपिबद्ध गरेर दीर्घकालिन समाधानका लागि संघले सम्बिन्धत निकायमा पुगेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएको खुद्रा व्यवसाय समितिका संयोजक नरेश टिवडेवालले जानकारी दिए ।

उक्त छलफलमा संघका अध्यक्ष हरिप्रसाद गौतले वीरगन्जको व्यापारिक गतिविधिमा खुद्रा व्यपारी र व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै संघ सदैव उनीहरूको हितका लागि प्रतिबद्ध रहेको बताए । उनले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसंग समन्वय गर्दै खुद्रा व्यपारीका समस्याहरुको व्यवहारिक समाधान गरिने प्रतिबद्धतापनि जनाए ।

टिवडेवालको अध्यक्षतामा भएको छलफलमा संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यका साथै वीरगन्जका खुद्रा व्यपारी र व्यवसायीहरूको सहभागिता थियो ।

Related posts

बन्द सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

पोखरियाको विद्यालयमा शिक्षकले गुनासोको सुनुवाई नगरेपछि विद्यार्थीहरुले गुहारे मेयरलाई

MadhesKhabar

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

MadhesKhabar

Leave a Comment