Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जका खुद्रा व्यपारीका समस्या समाधानका लागि पहल गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वीरगन्ज,१६बैशाखःवीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज बजारका खुद्रा व्यपारी र व्यवसायीहरुलाई बोलाएर उनिहरुका व्यपारिक समस्याबारे छलफल गरेको छ ।

संघकै सभाहलमा मंगलबार संघ अन्तर्गतको खुद्रा व्यवसाय समितिको आयोजनामा भएको छलफलमा वीरगन्जका खुद्रा व्यपारी र व्यवसायीहरुका विद्यमान समस्या, बजार अनुगमनका नाममा सरकारी निकायले दिने गरेको दुःख,करका नाममा राज्यका तर्फबाट थोपारिएका समस्या,नयाँ व्यवसाय दर्ता प्रकृयामा सरकारको झन्झटीलो प्रकृयाबाट भएको हैरानी , उनिहरुको व्यवसायिक सुरक्षा लगायतका बारेमा संघका पदाधिकारी र सदस्यहरुले जानकारी लिए ।

छलफलमा खुद्रा व्यपारी र व्यवसायीहरुले आफ्ना समस्याहरु विस्तृत रुपमा राखेको र ती समस्याहरु लिपिबद्ध गरेर दीर्घकालिन समाधानका लागि संघले सम्बिन्धत निकायमा पुगेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएको खुद्रा व्यवसाय समितिका संयोजक नरेश टिवडेवालले जानकारी दिए ।

उक्त छलफलमा संघका अध्यक्ष हरिप्रसाद गौतले वीरगन्जको व्यापारिक गतिविधिमा खुद्रा व्यपारी र व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै संघ सदैव उनीहरूको हितका लागि प्रतिबद्ध रहेको बताए । उनले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसंग समन्वय गर्दै खुद्रा व्यपारीका समस्याहरुको व्यवहारिक समाधान गरिने प्रतिबद्धतापनि जनाए ।

टिवडेवालको अध्यक्षतामा भएको छलफलमा संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यका साथै वीरगन्जका खुद्रा व्यपारी र व्यवसायीहरूको सहभागिता थियो ।

Related posts

पर्साको पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना सुरु

MadhesKhabar

पर्सामा सिके राउतकाे जनमत पार्टीलाई ठूलाे धक्का,१०० बढी नेताहरु जनअधिकार पार्टीमा प्रवेश

MadhesKhabar

जेनजी आन्दोलनमा वीरगन्जका मेयरको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

MadhesKhabar

Leave a Comment