Madhes Khabar
स्थानिय

कलैयाका क्याम्पस प्रमुख कुशवाहालाई गाेली हानेकाे आशंकामा दुई जना पक्राउ

बारा,३२जेष्ठ:बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे गाेली हानी हत्या गरेकाे घटनामा संलग्न रहेकाे आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।कुशवाहाकाे हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले साेधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।प्रहरीले नियन्त्रणमा लिएका ती दुवैकाे परिचय भने खुलाएकाे छैन।

शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाकाे हत्या गरिएको हो।

काेखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घाेषित गरेका थिए ।

आदर्श काेतवाल गाँउपालिका २ का स्थायी बासिन्दा कुशवाहा गाँउबाट कलैया तर्फ जाने क्रममा मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए।

Related posts

महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगन्ज महानगरका मेयर सिंहको निर्देशन

MadhesKhabar

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योगमन्त्रीलाई वीरगन्जका मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment