Madhes Khabar
स्थानिय

जगदम्बा उद्योगमा वीरगन्जका एक मजदुरकाे मृत्युु

वीरगन्ज,२जेष्ठ:बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा कार्यरत एक मजदुरको मृत्युु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का भुलन चौधरी रहेका छन् ।उनि जगदम्बा स्टिलकाे वर्कसपमा कार्यरत थिए ।

मंगलबार उद्योग परिसरभित्रै काम गरिरहेकाे अवस्थामा चौधरी अचानक ढलेपछि उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा पुर्याइएकाे थियाे।त्यहि उपचारको क्रममा उनकाे मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।

मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण उनको मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् ।

चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्च दिने सहमति भएको छ ।

Related posts

ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन

MadhesKhabar

सखुवा प्रसौनीमा भेटिएका २ वटा चित्तल उद्धार गरेर वन कर्मचारीलाई जिम्मा लगाइयाे

MadhesKhabar

बारा: न्याय माग्न जाँदा असईले वडा सदस्यलाई प्रहरी चाैकीभित्रै कुटे

MadhesKhabar

Leave a Comment