Madhes Khabar
स्थानिय

सखुवा प्रसौनीमा भेटिएका २ वटा चित्तल उद्धार गरेर वन कर्मचारीलाई जिम्मा लगाइयाे

वीरगन्ज,२०माघ:पर्साकाे सखुवा प्रसौनी गाउँपालिकामा फेला परेकाे दुई वटा भाले चित्तल उद्धार गरेर वन कार्यालयलाई बुझाइएको छ।सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ र ४ मा १/१ वटा भाले चित्तल फेला परेका थिए।

वडा नम्बर २ प्रसौनी टोलमा भेटिएको भाले चित्तल स्थानीयले उद्धार गरेर वडाध्यक्ष चिरञ्जीवी महतो थारुको रोहबरमा सब डिभिजन वन कार्यालय रङ्गपुरका फरेस्टर पुरुषोत्तम पटेल र जमदार अर्जुन चौधरीलाई बुझाएको स्थानीय सञ्चारकर्मी रामकिशाेर चाैधरीले जानकारी दिए।

त्यसैगरी, वडा नम्बर ४ देउरवानामा भेटिएको अर्को भाले चित्तल पनि स्थानीयवासीले उद्धार गरेर वन कार्यालयका कर्मचारीको जिम्मा लगाएको चाैधरीले जानकारी दिए।

Related posts

वीरगन्ज महानगरका विद्यालयहरुमा थप २ दिन जाडो बिदा

MadhesKhabar

वीरगन्जमा विहे,उत्सव तथा धार्मिक कार्यक्रममा आतीशबाजी गर्न बन्देज, डिजेमा पनि कडाई

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

Leave a Comment