Madhes Khabar
स्थानिय

वीरगन्ज-७ का वडाअध्यक्ष महर्जन रातभर प्रहरी थुनामा

वीरगन्ज,६कार्तिक: वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनलाई प्रहरीले रातभर थुनामा राखेर साेमबार बिहान छाडेकाे छ ।

आइतबारराति रक्सी सृवन गरेर प्रहरीसंग अभद्र व्यवहार गरेका महर्जन लाई प्रहरीले नियन्त्रणमा लिएर रातभर प्रहरी थुनामा राखेकाे थियाे ।उनलाई साेमबार बिहान १० बजेतिर आफन्तकाे जिम्मा लगाएर घर पठाइएको पर्साका प्रहरी उपरीक्षक काेमल विक्रम शाहले जानकारी दिए।

शाहका अनुसार, वडाअध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर हाेहल्ला गरेकाे भन्दै स्थानीयले गुनासाे गरेपछि पुगेकाे प्रहरीहरुसंगै उनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयकाे थुनामा रातभर राखेको थियाे ।

Related posts

भारत तस्करी गर्न लागिएको एक गाडी रक्सी वीरगन्जको कोनियाँ नाकाबाट बरामद

MadhesKhabar

जनप्रतिनिधिको सुशासन प्रभाव : वीरगन्ज महानगरमा वर्षेनी घट्दै बेरुजु रकम

MadhesKhabar

वीरगन्जबाट ६० लाखको सामान लिएर काठमाडौं जाँदै गरेको ट्रक बारामा पक्राउ

MadhesKhabar

Leave a Comment