Madhes Khabar
स्थानिय

बारा: न्याय माग्न जाँदा असईले वडा सदस्यलाई प्रहरी चाैकीभित्रै कुटे

बारा,८असार: बारामा शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका एक वडा सदस्यलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेकाे घटना सार्वजनिक भएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा सदस्य राजेश साहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवले कुटपिट गरेका घटना सार्वजनिक भएको हो।

प्रहरी चौकी पुगेका वडा सदस्यलाई बिना कारण कुटने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बिहिबार प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह नेतृत्वको टोलीले बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन।

आफूलाई भतौडा गाउँको एक महिलाले बिना कारण गाली गलौज गरेको भन्दै शाहले प्रहरी चौकीमा फोन गरेका थिए। तर चौकीले प्रहरी नपठाएपछि साहले किन प्रहरी नपठाएको भन्दै प्रहरी सहायक निरीक्षक यादवलाई प्रश्न गरेको र उल्टै जितेको एक वर्ष पुग्दा के के गरिस् र आज झगडा हुन पुग्यो भन्दै उल्टै गाली गलौज गर्दै आफू माथि हातपात सुरु गरेको साहले आरोप लगाए।

निरीक्षक यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केहि गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताए। आफूलाई निरीक्षक यादवले चौकी भित्र रहेका भण्डारी थर गरेका प्रहरी जवानलाई समेत कुट्न भनेको र उनले कुट्न नमाने पछि भण्डारी लाई समेत कुटपिट गरेको साहले बताए।

यता बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले अस्थाई प्रहरी पोष्ट शिक्षा गंगापुरका असई बिरेन्द्र यादवले वडा सदस्य राजेश साह र प्रहरी जवानलाई कुटपिट गरेको घटनाको छानबिन सुरु गरिसकेको बताए। साभार:नागरिक/उपेन्द्र यादव

Related posts

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

MadhesKhabar

कालिकामाई र धोबिनीमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

MadhesKhabar

पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न अन्तिम नामावली प्रमाणीकरण

MadhesKhabar

Leave a Comment