Madhes Khabar
समाचार

वीरगन्जको सिर्सिया नदीमा एक पुरुषकाे शव फेला

वीरगन्ज,२८जेष्ठ:वीरगन्जको रानीघाटस्थित सिर्सिया नदीमा एक पुरुषकाे शव फेला परेकाे छ।वीरगन्ज-११रानीघाटस्थित रामजानकी मठ पछाडिको सिर्सिया नदीमा साेमबार दिउँसो पहिचान खुल्न नसकेका अन्दाजी ५० बर्षका पुरुषकाे शव फेला परेको हाे।

नदीकाे पानीमा तैरिरहेकाे अवस्थामा अन्दाजी ५० बर्ष उमेरका पुरुषकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।५ फिट ६ इन्च उचाइ भएका ती पुरुषले कालाे रंगकाे पाइन्ट,हरियाे रंगकाे सेताे चेक भएको सर्ट र कम्मरमा राताे गम्छा बेरेकाे अवस्थामा शव भेटिएकाे पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

शव पाेष्टमार्टमका लागि नारायणी अस्पतालकाे शवगृहमा लगेर राखिएको र मृतककाे पहिचान पत्ता लगाउने काम भइरहेको उनले बताए ।

Related posts

भारत तस्करी गर्न लागिएको रक्सी बुधौरा नाकाबाट बरामद

MadhesKhabar

पर्साको बलुवामा आगलागी हुदाँ नगद ६ लाख रकमसहित लाखौँको धनमाल नष्ट

MadhesKhabar

पर्साको बञ्जारीबाट चरेससहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

Leave a Comment