Madhes Khabar
समाचार

नेपालमा भित्रियो मनसुन

काठमाडौं,२८जेष्ठः यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज(सोमबार) नेपालमा मनसुन भित्रिएको जानकारी दिएको हो ।

हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गर्दछ । मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रिएको बताएपनि तराई–मधेसमा भने गर्मी घटेको छैन ।पर्साा,बारासहित मधेसका जिल्लामा अहिलेपनि अधिकतम तापक्रम ४० डिग्रि सेल्यिसभन्दा बढी नै रहदै आएको छ ।साभारः अनलाइनखबर

Related posts

बाराको खपरपतामा ३ करोडको लागतमा बनेको खानेपानी आयोजनाको मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी

MadhesKhabar

रक्सौलबाट पटाका लिएर आउँदै गरेको कार वीरगन्ज भन्सार नाकामा पक्राउ

MadhesKhabar

Leave a Comment