Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे जम्मु-कश्मीरमा तीर्थयात्री बोकेको बसमा आक्रमण : ९ जनाको मृत्यु, ३३ घाइते

काठमाडौं,२८जेष्ठ:भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादी समुहले आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रियासी जम्मू क्षेत्रमा पर्दछ ।भारतीय प्रहरीका अनुसार उक्त बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार बेलुकी आक्रमण भएको हो । आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खाडीमा परेको थियो । घाइतेहरुलाई अस्पताल लगिएको जनाइएको छ । बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ ।

उक्त आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन् ।

यस्तै नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले उक्त आक्रमणलाई कायरतापूर्ण भनेका छन् ।

Related posts

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

MadhesKhabar

भारतीय सेनालाई हाैंसला दिदैं मोदीले भने:आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

MadhesKhabar

महाकुम्भमा भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

MadhesKhabar

Leave a Comment