वीरगन्ज,२८जेष्ठ:अमेरिका र वेस्ट इन्डिजमा जारी टी-३० विश्वकप क्रिकेट प्रतियोगिताकाे आफ्नो देस्राे खेलमा भारतले पाकिस्तानविरुद्ध अप्रत्याशित जित हात पारेकाे छ।
न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको राेमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएकाे हाे ।१२० रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रनमात्र बनाएपछि खेलकाे नतिजा भारतकाे पाेल्टामा पुगेकाे हाे ।
पाकिस्तानका लागि माेहमद रिजवानले ३१,इमाद वासिमले १५ तथा बाबर आजम,उस्मान खान र फखर जमानले समान १३-१३ रन बनाए।
बलिङतर्फ भारतका लागि जसप्रित बुमराह ३,हार्दिक पाण्डयाले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले व्याटीङ गरेकाे भारतले १९ ओभरमा अलआउट हुदैं ११९ रनमात्र बनाएको थियाे।
भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने अक्षर पटेलले २० ,कप्तान राेहित शर्माले १३ रन ,सुर्यकुमार यादवले ७ र विराट काेहलीले ४ रनमात्रै बनाए।
पाकिस्तानका बलर हसिम रउफ र माेहम्मद अमिरले ३-३ विकेट लिए ।
लगातार दाेस्राे जित हात पार्दै भारतले सुपर ८ मा प्रवेशकाे सम्भावना बलियाे बनाएकाे छ।

