Madhes Khabar
स्वास्थ्य

सरकारी अस्पतालहरुमा स्वास्थ्यमन्त्री यादवको निरन्तर अनुगमन

काठमाडौं,२७जेष्ठःसंघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँका दुई प्रमुख स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका छन् । मन्त्री यादवले आइतबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भ्रमण गरी त्यहाँका गतिविधि र समस्याहरूको बारेमा जानकारी लिएका हुन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री यादवले केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठसँग केन्द्रको हालसम्मको कार्य प्रगति, चुनौती र कठिनाइहरूको बारेमा विस्तृत जानकारी लिए ।

डा. श्रेष्ठले छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको कारण बजेट अभाव र आवश्यक जनशक्ति दरबन्दी यकिन नहुनु रहेको मन्त्री यादवलाई जानकारी गराए ।औषधि तथा कार्टेजको पर्याप्त भण्डारणका लागि बजेट अभाव रहेको र प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनका लागि पनि बजेट अपर्याप्त रहेको उनले बताए ।

मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए।। उनले भने, “बाँकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।“

त्यसैगरी मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पनि अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरी केन्द्रका गतिविधि र समस्या बारे जानकारी लिए। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको वार्षिक कार्य प्रगति र भवनको साँघुरोपनले सेवा प्रवाहमा आइरहेका समस्याहरूको बारेमा मन्त्री यादवलाई जानकारी गराए ।

मन्त्री यादवले केन्द्रले गरिरहेको कार्यको प्रशंसा गर्दै, समस्याहरू समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

Related posts

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार

MadhesKhabar

पर्सा जिल्लामा यसवर्षको पहिलो कालाजारको बिरामी भेटियो

MadhesKhabar

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित,दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ पुष्टि

MadhesKhabar

Leave a Comment