Madhes Khabar
स्वास्थ्य

गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

मधेसखबर
वीरगन्ज,०७असार : पर्साको कालिकामाई गाउँपालिकाले गर्भावती महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशाकीय अअधिकृत अमित गिरीले सोमबार एउटा सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् ।गाँउकार्यपालिकाको पहिलो बैठकले गर्भवतती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने् निर्णय गरेको गिरीले जानकारी दिए ।

पालिकाभरिका गर्भवती महिलालाइ स्वास्थ्य जाँच गराउनका लागि स्वास्थ्य संस्थामा जानका लागि गाँउपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सुचनामा उल्लेख छ ।

उक्त सेवा आवश्यक परेमा पालिकाका एम्बुलेन्स चालक राजेश महतो कोइरीको ९८०७११९३५२, गोरख महतो कोइरीको ९८०७१८७८६२ र अरविन्द पटेलको ९८०७२७३१४८ मोबाइल नम्बमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ ।

Related posts

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

MadhesKhabar

नारायणी अस्पतालको सरकारी क्वार्टर १५ वर्षदेखि गैरनर्स र डाक्टरहरूको कब्जामा

MadhesKhabar

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव

MadhesKhabar

Leave a Comment