Madhes Khabar
मधेस प्रदेश

मधेसको वनमन्त्रीमा साह नियुक्त

जनकपुरधाम,२७जेष्ठः मधेश प्रदेसका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री सिंहले आफ्नो पार्टी जनमत पार्टीकै त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले त्यही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्री सिंहले आइतबार साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।योसँगै अब मधेसको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।साभारःअनलाइनखबरबाट

Related posts

मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

MadhesKhabar

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक ‘काम’ नलाग्ने छ, फिर्ता हुन्छ

MadhesKhabar

सोनरनियामा करेन्ट लागेर एक बालकको मृत्यु

MadhesKhabar

Leave a Comment