Madhes Khabar
मधेस प्रदेश राजनीति

जनमतका सतीश सिंहद्वारा मधेसकाे मुख्यमन्त्रीमा दाबी पेश

जनकपुरधाम,२५जेष्ठ:जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मधेस प्रदेशकाे मुख्यमन्त्रीमा आँफुलाई नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्। राती अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका हुन्।

सतिश सप्तरी क्षेत्र न २ ख बाट निर्वाचित सांसद हुन्। सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका माओवादी केन्द्रकाे संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

जसपाको भागमा वन मन्त्रालय ,तर मन्त्रीको नाम बैशाख २७ गतेपछि मात्रै पठाउने

MadhesKhabar

Leave a Comment