
काठमाडौं,२४बैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारमा बैशाख २७ गतेपछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।
कांग्रेसबाट सुरेन्द्र आचार्यले आइतबार महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको शपथ लिएका छन् ।शुक्रबार नै जसपाबाट पनि मन्त्री पठाउने चर्चा थियो ।
जसपाका एक नेताका अनुसार २७ वैशाख पछि मात्र मन्त्री हुनेको नाम पठाउने सोंचमा जसपा छ । अध्यक्ष उपेन्द्र यादवले २७ वैशाख पछि मात्रै आफ्नो दलबाट मन्त्री हुने भन्नुभएको छ,’ जसपाका एक नेताले भने । साभार : अनलाइनखबर

