Madhes Khabar
राजनीति हेडलाइन

जसपाको भागमा वन मन्त्रालय ,तर मन्त्रीको नाम बैशाख २७ गतेपछि मात्रै पठाउने

काठमाडौं,२४बैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारमा बैशाख २७ गतेपछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।

कांग्रेसबाट सुरेन्द्र आचार्यले आइतबार महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको शपथ लिएका छन् ।शुक्रबार नै जसपाबाट पनि मन्त्री पठाउने चर्चा थियो ।

जसपाका एक नेताका अनुसार २७ वैशाख पछि मात्र मन्त्री हुनेको नाम पठाउने सोंचमा जसपा छ । अध्यक्ष उपेन्द्र यादवले २७ वैशाख पछि मात्रै आफ्नो दलबाट मन्त्री हुने भन्नुभएको छ,’ जसपाका एक नेताले भने । साभार : अनलाइनखबर

Related posts

सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगन्जको मेनराेडमा पर्ने  सरकारी कार्यालयहरु तत्काल हटाउने निर्णय

MadhesKhabar

पर्सा–४ मा जनमत पार्टीका नेता राम कांग्रेसमा प्रवेश

MadhesKhabar

पर्सामा जसपाका केन्द्रिय र प्रदेश सदस्य सहित ६९ जनाले पार्टी छाडे

MadhesKhabar

Leave a Comment