वीरगन्ज,१९माघ:पर्साकाे निर्वाचन क्षेत्र नंवर ४ अन्तर्गत पर्ने जगरनाथपुर गाउँपालिका वडा नंबर ४ का जनमत पार्टीका नेता बालकेश्वर राम नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका राम साेमबार कांग्रेसमा प्रवेश गरेको कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए।
रामलाई कांग्रेस पर्साका सहसचिव नवीन सिंहले अविरको टीका लगाएर पार्टीमा स्वागत गर्दै राजनीतिक अस्थिरतामा अल्झिएकाे मुलुकलाई निकास दिने दल कांग्रेस नै भएको बताए ।उनले फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार रमेश रिजाललाई विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आग्रह समेत गरे।
कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव प्रसाद चौहानकाे पनि उपस्थिति रहेको थियो ।

