Madhes Khabar
राजनीति

नयाँ-पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन- मेयर बालेन

काठमाडौं ,१९बैशाख : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि नेताहरूलाई देशको माया नभएको बताएका छन्।

मंगलबार बेलुकी आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा उनले ‘नयाँ-पुराना सबै नेताहरू चोर हुन्’ भन्दै कसैलाई देशको माया नभएको लेखेका छन्।

उनले लेखेका छन्ः

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्,

कसैलाई देशको माया छैन।

पछिल्लो समय मेयर बालेनले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहेका हुन्छन्।

केही समयअघि मात्र उनले सिंहदरबारप्रति रोष प्रकट गरेका थिए। सिंहदरबारले सहयोग नगरेको भन्दै महानगरले त्यहाँको फोहोर उठाएको थिएन।

यसबारे विरोध हुँदै गर्दा उनले लेखेका थिए, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस् कि राजधानी सार्नुस्।’

फोहोर नउठाउने निर्णय गर्नुअघि उनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

फोहोर उठाउन बन्द गरेको सूचना दिँदै उनले लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

त्यस्तै गत फागुनमा उनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै यो देश कहिल्यै नबन्ने लेखेका थिए।

‘मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनको स्टाटस थियो।साभार:सेताेपाटी

Related posts

लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

MadhesKhabar

बारा २ मा रोकिएको मतगणना फेरि सुरु

MadhesKhabar

खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment