Madhes Khabar
राजनीति

जनकपुरमा बालेन शाह र पूर्वयुवराज पारस शाह एउटै होटलमा

जनकपुरधाम,४माघ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र पूर्वयुवराज शाह ‘मिथिला यात्री निवास’ नामकाे हाेटलमा बसेका हुन् ।

बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर पुगेका हुन्।

त्यही होटलमा पूर्वयुवराज पारससँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि रहेको बताइएको छ। उनीहरू विराटनगर हुँदै जनकपुर पुगेको बताइएको छ।

एकातिर समसामयिक राजनीतिमा उदाउँदै गरेका नेता बालेन र अर्कातिर पूर्व राजपरिवारका सदस्य पारस एउटै होटलमा देखिनुले जनकपुरको राजनीतिक र सामाजिक वृत्तमा अनेक अड्कल र चासो जन्माएको छ।साभार:खबरहब

Related posts

धनुषा–१ विवाद : उम्मेदवार नै नभएको घण्टीलाई दोब्बर मत, निर्वाचन आयोगले मातृकालाई मानेन विजेता

MadhesKhabar

पर्सा–१ मा एमाले प्रवेश गर्नेहरुको लर्कोः हर्क सम्पाङको पार्टीका वीरगन्ज महानगर अध्यक्षपनि एमालेमा प्रवेश

MadhesKhabar

मधेसमा ७ दलकाे धर्ना जारी: मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने अडान कायमै

MadhesKhabar

Leave a Comment