Madhes Khabar
राजनीति

काँग्रेसी वडामै काँग्रेसको लजास्पद हार, लोसपाका बाङगे विजयी

मधेसखबर
वीरगन्ज,०५ जेठ
: नेपाली काँग्रेसको गढ भनेर चिनिएको वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा यसपाली काँग्रेसको विरासत भत्किएको छ ।
काँग्रेस वडा भनेर चिनिदैै आएको वडा नम्बर ६ मा यसपालीको निर्वाचनमा काँग्रेसको लज्जास्पद पराजय व्यवहोरेको छ ।
वडा नम्बर ६ को वडा अध्यक्षमा अप्रत्याशीत रुपमा काँग्रेसलाइ हराउदै लोसपाले जित हात पारेको छ ।
वडा नम्बर ६ मा लोसपाका जय प्रकाश अग्रवाल (बाङ्गे) विजयी भएका छन् ।
काँग्रेसका पुर्व जिल्ला उपसभापति एंव महाधिवेशन प्रतिनिधि समेत रहेका दिना प्रसाद गुप्तालाइ ३९१ मतले हराउदै लोसपाका अग्रवाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
बिहीबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , लोसपाका उम्मेदवार अग्रवालले ९९४ मत पाउदा काँग्रेसका गुप्ताले भने ६०३ मत मात्रै पाएका छन् । एमालेका ध्रुब लाठले ३५२ र जसपाकी रमितामाया गुप्ताले १९६ मत पाएकी छन् ।
यसअघि २०७४ को निर्वाचनमा वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल वडाअध्यक्षमा विजयी भएका थिए ।
वडा नम्बर ६ काँग्रेसका पुर्व जिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य , नगरसभापति मणिन्द्रलाल नेपाली , पुर्व जिल्ला उपसभापति नरेन्द्र साह, नेता वीरेन्द्रलाल नेपाली लगायतका दिग्गज नेताहरुको गृह वडा हो ।

Related posts

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसकाे दाबी

MadhesKhabar

पूर्वडीआइजी रमेश खरेलले छाडे रास्वपा

MadhesKhabar

Leave a Comment