Madhes Khabar
पर्यटन

विश्व वातावरण दिवसमा वीरगन्जको भिस्वा डाँडामा वृक्षारोपण

वीरगन्ज,२३जेष्ठःविश्व वातावरण दिवसको अवसरमा वीरगन्जको धार्मिक तथा पर्यटकीयस्थल भिस्वा डाँडामा वृक्षारोपण गरिएको छ ।

वीरगन्ज बौद्ध समितिको समन्वय तथा भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा बुधबार भिस्वा डाँडामा वृक्षारोपण गरिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा भिस्वा डाँडा प्रांगणमा गुलमोहर,सिरिष, आँप , लिच्ची लगायतका प्रजातिका करिब २ सय वटा विरुवाहरु रोपिएको वीरगन्ज बौद्ध समितिका अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यले जानकारी दिए ।

वृक्षा रोपण कार्यक्रmममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत देवी सहाय मीना,वाणिज्य दूत शशी भुषण कुमार,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम रिमाल, वीरगन्ज बौद्ध समितिका महासचिव सुन्दर श्रेष्ठ, समितिका रुपेश मानन्धर, युवा अभियन्ता दिलीपराज कार्की,ग्रिन सिटी सामुदायिक सेवाका पदाधिकारी र सदस्य, निजी विद्यालयका विद्यार्थी,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना लगायतको सहभागीता थियो ।

Related posts

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

MadhesKhabar

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

मधेस सरकारले पर्साको पोखरियामा बनाउँदै ‘मधेस माटो पार्क’, डा. राउत र सिंहले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment