Madhes Khabar
पर्यटन

मधेस सरकारले पर्साको पोखरियामा बनाउँदै ‘मधेस माटो पार्क’, डा. राउत र सिंहले गरे शिलान्यास

वीरगन्ज,२७बैशाखःपर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ मा ‘मधेस माटो पार्क’ निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ । शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा उक्त पार्कको शिलान्यास गरेका हुन् ।

मधेस प्रदेश सरकारले उक्त पार्कमा हाल बाउण्ड्री वाल (पर्खाल) र मुख्य प्रवेशद्वार निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

पोखरियामा निमर्माण गर्न थालिएको ‘मधेस माटो पार्क’लाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष राउतले बताए ।उनका अनुसार, उक्त पार्कमा मधेस प्रदेशका १३६ वटै पालिकाका ऐतिहासिक,सांस्कृतिक र पहिचान झल्काउने धार्मिक एंव ऐतिहासिक स्थलबाट संकलन गरिएको माटो स्थापना गरिनेछ ।

अध्यक्ष राउतले केही वर्षअघि सञ्चालन गरेको “माटो यात्रा” अभियान अन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए । त्यहि माटोलाई पार्कमा स्थापित गरिने बताइएको छ।

शिलान्यास कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ,पोखरिया नगगरपालिकाका मेयर प्रदुमन चौहान, पूर्व सांसद हरिनाारायण रौनियार,डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद लगायतकाकोपपनि उपस्थिती थियो ।

Related posts

नयाँ वर्षमा वीरगन्जमा तीन दिने रात्री बजार सुरु ,सांसद यादवले गरे मेयर सिंहकाे प्रशंसा

MadhesKhabar

कांग्रेस सांसदको माग : सौराहालाई हनिमुन सिटी बनाऔँ

MadhesKhabar

निजगढ विमानस्थलको विरोधमा टाँगीयवस्तीबासीले नै गरे प्रदर्शन

MadhesKhabar

Leave a Comment